पिपुल्स पावरको सेयर बाँडफाँट, भाग्यमानी दुईजनाले पाए ११/११ कित्ता

काठमाडौँ- पिपुल्स पावर कम्पनीको साधारण सेयर आइतबार बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।
आईपीओमा मागभन्दा ७.९३ गुणा बढी १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट दुई लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको थियो।
यसमध्येबाट दुईजनाले भने प्रतिव्यक्ति ११/११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले ३१ साउनदेखि ५ भदौसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया