नेप्से परिसूचक २ हजार अंकमुनि

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारमा ३३ अंकले घटेको छ। आइतबार बजार परिसूचक ३३.३६ अंक घटेको हो । ३३ अंक घट्दा सेयर बजार परिसूचक २ हजार अंकमुनि झरेको छ।
गत साताभरमा ४५.६१ अंकले घटेर २०२२.६२ विन्दुमा पुगेर बजार आज थप ३३ अंक घटेर १९८९.२६ मा झरेको छ।
बजार परिसूचक १.६५ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ६.०५ घटेर ३८५.७० मा झरेको छ।
३३ अंकले घटेको बजारमा आज २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १ सय ३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर ४३ हजार ९ सय ७७ पटकमा खरिद बिक्री भएको छ। उप-समूहतर्फ म्यचुअल फण्ड बाहेक बाँकी समूहको सेयर मूल्य घटेको छ ।
घट्दो बजारमा आज कारोबार भएका जम्मा ५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८२ कम्पनीको सेयर मूल्य घटेको छ।
राँधी विद्युत कम्पनी, एनएमबि हाइब्रिड फण्ड, एनआइबिएल प्रगती फण्ड,सिद्धार्थ इन्भेष्टमेन्ट, नबिल डिबेन्चर लगायतका कम्पनी उच्च कमाउने कम्पनीमा परेका छन् ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया