गुल्मीको पनाह खोलामा डुबेर दुई बालकको मृत्यु

बुटवल : गुल्मीको मदाने गाउँपालिका-३ सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मदाने गाउपालिका-१ अग्लुङका पाँचवर्षे सुमन विक र प्युठान गौमुखी गाउँपालिका-५ खुँगका आठ वर्षका गोविन्द विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेयले बताए ।
मंगलबार बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । दुवै शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ।
प्युठान गौमुखी गाउँपालिका-५ खुँगकी विष्णु विक छोरा गोविन्दसहित सोमबार माइतीघर सिर्सेनी आएकी थिइन् ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया