नेपाल भर्सेस केन्या टी-ट्वान्टी सिरिजः कसले अग्रता बनाउँला ?

काठमाडौँ- पाहुना टोली नेपाल र घरेलु टोली केन्याबीच जारी पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेल आज हुँदैछ । नेपाल र केन्याबीचको खेल नैरोबीको जिमखाना क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ ।
सिरिज अन्तर्गत दुबै टोलीले एक-एक खेल जितेका कारण आजको खेल जित्ने टिमले सिरिजमा अग्रता लिनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । सो खेलमा सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ३ विकेट हात पारेका थिए । १ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा दिपेन्द्र सिंह ऐरीले ३३, आरिफ शेखले २४ तथा ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरेका थिए ।
दोस्रो खेल भने केन्याले १८ रनले जितेको थियो । सो खेलमा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिदै नेपाललाई बलियो अवस्थामा पुर्याएका थिए । तर ब्याटिङमा भने नेपालले राम्रो प्रदर्शन गर्न सकेनन् ।
आजको खेलमा नेपालले ब्याटिङमा थप सुधार गर्नुपर्ने आवश्यकता रहेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_mpLRQYEqg2_pvzkmlr7od10oql8xlsetlrtldxl1nebl7nu4eoowfx5bguviaedusu3kpxe.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया