शाही मुख्यमन्त्री पद बचाउने अन्तिम कसरतमा

सुर्खेत : कर्णाली सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने तयारीमा छन् । कर्णाली प्रदेश सभामा एमाले बहुमतमा रहेकाले एमालेको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्ने बताइरहँदा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने एमाले सांसद सुशील थापाले बताए । ‘मुख्यमन्त्रीले विश्वासको मत लिन सक्नु हुदैन’ सांसद थापाले भने, ‘उहाँले बैशाखमा राजीनामा दिएपछि एमालेको नेतृत्वमा सरकार गठन हुन्छ ।’
मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा राजीनामा दिनु पर्ने थापाले बताए । ‘अहिले माओवादी केन्द्रको १२ जना सांसद हुनुहुन्छ । यसमा उहाँहरूले १३ पनि पुर्याउन सक्नुभएको छैन’ थापाले भने, ‘यस अवस्थामा उहाँहरूले कसरी विश्वासको मत लिन सक्नुहुन्छ र !’ मुख्यमन्त्रीले अन्तिम समयसम्म विश्वासको मत लिने प्रयास गरे पनि सफल नहुने थापाले बताए ।
कर्णाली प्रदेश सभामा माओवादीका सांसद धर्मराज रेग्मी सोमबार पदमुक्त भएपछि ४० सदस्यीय कर्णाली प्रदेशसभा ३९ सदस्यमा झरेको छ । हाल माओवादी संसदीय दलमा १२ सांसद छन् । विश्वासको मत लिन २० सांसद आवश्यक पर्छ । कर्णाली प्रदेशसभामा कांग्रेसका ६ सांसद छन् । माओवादी र कांग्रेसका सांसद जोड्दा पनि आवश्यक संख्या पुग्दैन ।
यस्तो अवस्थामा राप्रपाका एक सांसदको समर्थन लिन र एमालेको माधव नेपाल समूहको सहयोग लिनुपर्ने हुन्छ । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माले मुख्यमन्त्री अल्पमतमा नरहेको बताए । उनले मुख्यमन्त्रीले बैशाख तीन गते संसद बैठकमा विश्वासको मत लिएर अघि बढ्ने बताए ।
यता एमाले एकमत भएर विश्वासको मतको विपक्षमा मतदान गरेमा नयाँ सरकार पनि उसकै बन्ने सम्भावना बलियो भएर जाने संकेत देखिएको छ । प्रदेश सभामा एमालेका २० (सभामुखसहित) सांसद छन् । सभामुखले मतदान गर्न नपाउने भएकाले एमालेलाई सरकार बनाउन अन्य दलका एक सांसदको एक मत आवश्यक पर्छ । माओवादीलाई जस्तो एमालेलाई तीन वटा पार्टीको सहयोग जुटाउनुपर्ने जटिलता छैन। राप्रपाका एक सांसदको सहयोग पाएमा सरकार गठन गर्न सक्छ ।
एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले बैशाख तीन गते बोलाइएको संसद बैठकपछि सरकार गठनको विषयमा कुरा उठाउने बताए । ‘मुख्यमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ’ उनले भने, ‘उहाँले विश्वासको मत लिने वा राजीनामा दिने विषयमा टुंगो लागेपछि हामी अगाडी बढ्छौ ।’
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया