जीतपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

बारा- जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा शनिबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जीतपुरस्थित रातोपुल नजिक सिमराबाट जाँदै गरेको बा७१प २९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको अर्को मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी एक वृद्ध मानिसको मृत्यु भएको छ । उनको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परी गम्भीर घाइते उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव वीरगन्ज पठाइएको छ ।
दुर्घटनामा पर्सा जिराभवानीपुर १ का २० वर्षीय मनिषलाल महतो थारु र पर्सागढी ८ का १५ वर्षीय संजीव राउत घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । उनीहरूको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनालगत्तै वृद्ध सवार मोटरसाइकलका चालक मोटरसाइकल लिएर फरार भएका छन् । दुर्घटनास्थलबाट जीतपुरस्थित सशस्त्र प्रहरीको टोलीले तीन जना घाइतेलाई उद्धार गरी अस्पताल ल्याएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया