सहमतिबिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरे संसद नै बन्द गर्ने मुख्यमन्त्रीको चेतावनी

झापा - प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताए ।
यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश ग¥यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै बन्द गर्न यो सरकार पछि नहट्ने उनको भनाइ छ ।
'प्रदेशको नामकरणको विषय संसद्मा प्रवेश गर्नासाथ ९९ दशमलव ९९ प्रतिशतले पास हुन्छ', मुख्यमन्त्री राईले भने, 'प्रदेशको नामांकनको विषयमा अझै पनि पहिचानको कुरा मिल्न सकेको छैन, तसर्थ यो विषयले स्थान नपाएको हो ।'
राज्यको विभेदकारी नीतिका कारण आदिवासी जनजाति पछि परेको बताउँदै उनले अब सबै नागरिकलाई समानरुपमा अघि बढाउन प्रदेश सरकारले छुट्टै नीतिको व्यवस्था गर्दै महिला–पुरुष बराबरी, धनी–गरिब बराबरी र जातीय विभेदको अन्त्यका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरिने बताए । रासस
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_daVnyQPxev_0dswutkdbjmodin1f6caujbkf0567iraf0kcgw6b1zlibkwk9zq0ewjaiwgz.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया