प्रधानमन्त्री देउवाले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

बुटवल- प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्मित सबैभन्दा ठूलो क्षमताको बुटवल सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । शनिबार नेपाली सेनाको हेलिकप्टरबाट बुटवल मण्डपमा उत्रिएका देउवाले उद्घाटनसँगै सम्मेलन केन्द्रको अवलोकन गरेका थिए ।
बुटवल मण्डपमा निर्मित सभाहल र प्रर्दशनी स्थललाई सहरी विकास मन्त्रालयमार्फत १ अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । यो सभाहल सञ्चालनमा आएसँगै जाडो होस या चर्को गर्मी तथा वर्षाको बीचमा खुल्ला आकासमुनी सभा सम्मेलन तथा विभिन्न कार्यक्रम गर्नुपर्ने बाध्यता हट्नेछ ।
उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको छ ।
बुटवल उपमहानगरपालिका- १० रामनगरमा सम्मेलन केन्द्र निर्माणका लागि २०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया