इन्टर मिलानको पोस्टमा लाजियोको तीन गोल

काठमाडौँ- इन्टर मिलान शुक्रबार इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३-१ ले पराजित भएको छ । ४०औं मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो । ५१औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो ।
तर, ७५औं मिनेटमा लुइस अल्बेर्टोको गोलमा लाजियोले पुनः अग्रता लियो । ८६औं मिनेटमा पेड्रो रोर्डीग्वेजले गरेको गोलमा लाजियोले सहज जित पक्का गरेको थियो ।
सुरुआती दुई खेल जित्दै सिजनको सुखद सुरुआत गरेको इन्टरको यात्रा तेस्रो खेलमा भने रोकियो । इन्टरको तीन खेलमा ६ अंक छ ।
लाजियोले भने तीन खेलसम्म अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानको लाजियोको तीन खेलमा सात अंक छ । त्यस्तै, अर्को खेलमा युडिनेसीले मोन्जालाई २-१ ले हरायो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया