शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

बँदेलको आक्रमणबाट पश्चिम सुर्खेतमा एक जनाको मृत्यु

फाइल तस्बिर

सुर्खेत- पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौकुने गाउँपालिका–२ का १९ वर्षीय बिक्रम कठायत रहेका छन् । 

उनीसहित २५ वर्षीय बमबहादुर कठायत र बिर्खबहादुर बुढा खसी खोज्नका लागि हिँडेकोमा दानीगौडास्थित जंगलमा बिक्रम कठायत शौच गर्न जान्छु भनी जंगलतिर गएको अवस्थामा जंगली बँदेलले आक्रमण गरेको हो । 

उनी कराएको आवाज आएपछि साथमा गएका दुई जना जंगलतिर गएर हेर्दा बँदेलले आक्रमण गरेको अवस्थामा भेटिएका थिए ।