आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : अर्थमन्त्री

चितवन- अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज यहाँ उनले आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्ने बताए ।
अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उनले भने, 'अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ ।' अहिले देशमा उत्पादनमुखि अर्थतन्त्र आवश्यक रहेको उनको भनाइ थियो ।
देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँगाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरुरी रहेको उनले बताए । उत्पादनले मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने भन्दै उनले उत्पादनका क्षेत्रमा लगानी बढाउन राज्य तयार रहेको जिकिर गरे । निजी, सहकारी र सरकारी तबरको लगानीले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।
मन्त्री शर्माले विश्वभर भइरहेको मूल्यवृद्धि र विभिन्न देशमा चलेको युद्धको असर नेपालमा परेको बताए । उनले भने, 'विश्वमा चलेको मूल्यवृद्धि र युद्ध रोकिने अवस्थामा छैन । अझै फैलिने क्रम जारी छ । यसको असर नेपालमा पनि परेको छ ।' आर्थिक विकास र उत्पादनलाई सहयोग पुग्ने गरी सरकारले नीति कार्यक्रम बनाएको उनको भनाइ थियो । उनले भने, 'हामीले ल्याएको बजेट कार्यान्वयनमा आउँदा देशमा रहेको गरिबीको अन्त्य हुन्छ ।'
फरक प्रसङ्गमा बोल्दै उनले अहिलेको गठबन्धन देशको र राजनैतिक बाध्यताले बनेको बताए । अहिलेको गठबन्धन सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो । अहिले दलबीच गठबन्धनलाई सफल पार्नेगरी छलफल भइरहेको उनले बताए ।
महासङ्घका जिल्ला अध्यक्ष दयाराम दवाडीको अध्यक्षतामा सम्पन्न अधिवेशनले विष्णुप्रसाद पौडेलको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा किशोर वगाले, विश्वमित्र श्रेष्ठ, सचिवमा गोविन्द अर्याल, कोषाध्यक्षमा जयराम खत्री, सह–सचिवमा दिनेश सेढाईं र सहकोषाध्यक्षमा केदारबहादुर कार्की रहेका छन् ।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_mZzjpuemAn_y0i8g515mx5076ybjszsytydtcc4ozgr6jl9yohcdscbmdovbnfe5m2jfqba.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया