बाबुहरूप्रति समर्पित 'बा आकाश हुन्' सार्वजनिक

काठमाडौँ- समस्त बाबुहरूलाई समर्पित गर्दै गायक सुरेन गौतमले 'बा आकाश हुन्' बोलको गीत सार्वजनिक गरेका छन्। सन्देश श्रेष्ठको संगीतमा तयार भएको गीतका रचनाकार तुलसी बस्नेत हुन्। गीतको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन् भने भिडियो गायक स्वयमले तयार पारेका हुन्। सुरज केसी खिचेको गीतको भिडियोलाई विष्णुहरि तिमल्सिना सम्पादन गरेका हुन्।
गायक गौतमले यस अघि पनि रेशमी पर्दाले छेकेन, छेक्यो डाँडा कुहिरोले, आमाको अर्थ, पिरती लरी लै, सधै-सधै आदि गीत रिलिज भइसकेका छन्। त्यस्तै गौतमले 'पिंजडाको सुरक्षा' बोलको गीतका लागि पुरूष गायनको 'ओएस नेपाल म्युजिक अवार्ड-२०७४' जितेका थिए। अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका गायक गौतम यतिबेला कृषिमा विद्यावारिधि गर्दैछन्।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया