कर्णालीमा माओवादीबाट सांसद भएका सबै मन्त्री हुने

सुर्खेत- नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रदेशसभामा सहभागी सबैलाई मन्त्रीको भाग पुर्याउने भएको छ । कर्णाली प्रदेशसभामा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकीलाई सरकारमा पठाउने तयारी भएको छ ।
माओवादीले हालका जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएर जाजरकोटकै कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई मन्त्री बनाउने तयारीमा रहेको पूर्वमन्त्री एवम् माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।
पार्टी केन्द्रको निर्देशनअनुसार सरकारमा रहेका दुई जना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारमा सहभागी हुन बाँकी रहेका दुई जना सांसदलाई मन्त्री बनाइनेछ।
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन्। तीमध्ये नौ जना सांसद सरकारमा सहभागी भइसकेका छन्। बाँकी दुई जनालाई पनि सरकारमा सहभागी गराउनका लागि माओवादी केन्द्रले सात महिनाअघि नियुक्त गरिएका सिंह र विष्टलाई सरकारबाट फिर्ता बोलाएको हो।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया