आबे हत्या प्रकरण : कमजोरी भएको भन्दै प्रहरी प्रमुखले दिए राजीनामा

जापान- जापानका पुर्व प्रधानमन्त्री सिञ्जो आबे हत्या प्रकरणका कारण जापानका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । राष्ट्रिय प्रहरी विभागका प्रमुख इतारु नकामुराले बिहीबार राजीनामा घोषणा गरेका हुन् ।
गत महिना पुर्व प्रधानमन्त्री आबेलाई जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली हानी हत्या भएको घटनाको जिम्मेवारीको विषयमा कमजोरी भएको भन्दै राजीनामा दिने घोषण गरेका हुन् ।
प्रहरी सुरक्षामा केही सेकेण्डको त्रुटीका कारण आबेको हत्या भएको भनी आएको प्रतिवेदन सार्वजनिक भएपछि उनले राजीनामा घोषणा गरेका थिए । यो घटना निकै गम्भीर रुपमा लिएको बताउँदै उनले बिहीबार राजीनामा पत्र बुझाएका छन् । उनको राजीनामालाई मन्त्रिपरिषद्को बैठकले पारित गर्नेछ ।
गत जुलाई ८ तारिख पुर्व प्रधानमन्त्री आबेको गोली हानी हत्या भएको थियो । आउने महिना सेप्टेम्बर २७ मा आबेको राजकिय अन्त्येष्टि गरिँदैछ । सो अन्त्येष्टिमा विभिन्न देशका उच्च तहका व्यक्तिसहित ६ हजार ४ सय जना सहभागी हुने अपेक्षा गरिएको छ ।

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

प्रतिक्रिया