लगानी बोर्डले एनएचपीसीबाट पर्फर्मेन्स बन्ड १ अर्ब ४३ करोड र अध्ययन दस्तावेजको ३२ करोड पाउने

काठमाडौँ - लगानी बोर्ड कार्यालयले एनएचपीसीसँगको पश्चिम सेती तथा सेती नदी-६ परियोजना अघि बढाउने सम्बन्धमा गरेको समझदारी सार्वजनिक गरेको छ । गत भदौ २ गते एक कार्यक्रमबीच लगानी बोर्डका कार्यकारी निर्देशक सुशिल भट्ट र एनएचपीसका तर्फबाट प्रबन्ध निर्देशक अभयकुमार सिंहले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। ।
समझदारी अनुसार भारतीय प्रवर्द्धक एनएचपीसीले नेपाललाई २१.९ प्रतिशत निशुल्क विद्युत उपलब्ध गराउनुपर्नेछ । दुई परियोजनाको कुल जडित क्षमता १२०० मेगावाट रहने र यी परियोजनाबाट उत्पादित विद्युत निकासीका लागि प्रसारण लाइनको प्रबन्ध प्रवर्द्धक कम्पनी आफैंले गर्नुपर्नेछ । लगानी बोर्डले पर्फमेन्स बन्ड बापत कुल १ अर्ब ४३ करोड १६ लाख ५२ हजार र यसअघि भएका अध्ययन बापत ३२ करोड २९ लाख रुपैयाँ शुल्क प्राप्त गर्नेछ ।
सम्झौता पश्चात् प्रवर्द्धकले तोकिएको पर्फर्मेन्स बण्ड र अध्ययन भएका दस्तावेजको शुल्क बुझाएर ४५ दिन भित्र पश्चिम सेतीको र ६ महिनाभित्र सेती नदी-६ को सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन दिनेछ ।
दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरि लगानी बोर्डमा बुझाएपछी उक्त डीपीआर बोर्डबाट मूल्यांकन भै स्वीकृत भएमा परियोजना विकास सम्झौता (पीडीए) को चरणमा प्रवेश गर्नेछ । प्रवर्द्धकले वित्तीय व्यवस्थापन गरेपश्चात उत्पादन अनुमतिपत्रका लागि आवेदन दिनुपर्छ । उत्पादन अनुमतिपत्र प्राप्त गरेपछी परियोजना कार्यान्वयनको चरणमा जान्छ । पश्चिम सेतीको अनुमानित लागत १ खर्ब ६८ अर्ब १९ करोड ४४ लाख र सेती नदी-६ को लागत १ खर्ब ३२ अर्ब रहने अनुमान छ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया