शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

कोभिडबाट ३ जनाको मृत्यु, ४ सय ४४ नयाँ संक्रमित

काठमाडौँ- नेपालमा थप ४ सय ४४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ९६ पिसिआर परीक्षणका क्रममा २ सय ११ जना र २ हजार ९ सय ५८ एन्टिजेन परीक्षणका क्रममा २ सय ३३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ७ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार १ सय ९९ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।