भुटानको टोली साफ च्याम्पियनसिप खेल्न नेपाल आइपुग्यो

काठमाडौँ- नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसिपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ ।
यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्याम्पियनसिपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्पियनसिपमा सहभागिता जनाउन आउने भुटान पहिलो टोली हो ।
भुटानी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । च्याम्पियनसिपमा भुटान समूह ‘बी’ मा रहेको छ । भुटानको समूहमा श्रीलङ्का र नेपाल रहेका छन् ।
उक्त प्रतियोगितामा नेपालसहित सात टोलीले प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ तर केही समयअघि मात्र फिफाले अखिल भारत फुटबल महासङ्घलाई निलम्बन गरे सँगै प्रतियोगितामा भारतले सहभागिता जनाउँछ जनाउँदैन भन्ने निश्चित छैन ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया