२ दिन सामान्य अंकले बढेको परिसूचक आज पुन : घट्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबारको कारोबारमा १८ अंकले घटेको छ। आज बजार परिसूचक १८.३० अंकले घटेको हो। आइतबार र सोमबार घटेको बजार मंगलबार र बुधबार सामान्य अंकले बढेको थियो ।
आज बजार परिसूचक १८ अंक अर्थात ०.८९ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३.७८ अंक घटेर ३९४.५१ अंकमा झरेको छ।
आज १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७ सय ४१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। ४२ लाख ३४ हजार १ सय १७ कित्ता सेयर ३२ हजार ९ सय ४४ पटकमा खरिद बिक्री भएको छ ।
१८ अंकले बजार घट्दा आज कारोबार भएका १३ ओटै समूहको सेयर मूल्य घटेका छन् । घट्दो बजारकाबीच आज कारोबार भएका जम्मा १५ ओटा कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १६८ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया