के महान खेलाडी बन्ने दौडबाट जोकोभिच छुटेका हुन ?

एक महिना अगाडी युएस ओपनको चौथौ चरणको खेल खेल्दै गर्दा नोभाक जोकोभिचलाई कुनै दिन यी सर्बियन पुरुषतर्फको सर्वाधिक ग्रान्ड स्लाम जित्ने खेलाडी बन्नेछन भन्ने अड्कल काटिँदै थियो । सर्वकालिन महान टेनिस खेलाडी बन्न दौडमा रहेका राफाएल नडाल र रोजर फेडेरर यूएस ओपनमा अनुपस्थित थिए । त्यसकारण अनुमान सजिलो थियो । उपाधि जोकोभिच कै हो ।
खेलमा अनुमान सधै कहाँ सफल हुन्छ र । एक महिनापछि जोकोभिच फ्रेन्च ओपनको फाइनलमा नडालसँग नराम्रोसँग पराजित भए । फेरि पनि फेडेरर र नडालसँग ग्रान्ड स्लाम उपाधि संख्यामा दुरी घटाउने मौका गुमाए । उनले हालसम्म १७ पटक ग्रान्ड स्लाम उपाधी जितेका छन् भने फेडेरर र नडालको नाममा बीस उपाधि छन् ।
जोकोभिचका लागि सायद फ्रेन्च ओपनको पराजय भन्दा युएस ओपनमा घटेको घटना ज्यादा पीडादायी होला । न्यूयोर्कमा खेल दौरान जोकोभिचले प्रहार गरेको बलले लाइन जजलाई लागेपछि उनी प्रतियोगिताबाटै अयोग्य घोषित हुँदै बाहिरिन बाध्य भए ।
जोकोभिच युएस ओपन जित्ने उद्देश्यसहित अमेरिका पुगेका थिए । यस अघि उनले सो प्रतियोगिता तीन पटक जितिसकेका छन् । यता फ्रेन्च ओपनमा पनि उनले नडाललाई हराउँदै स्पेनिस खेलाडीसँग ग्रान्डस्लाम जितेको सङख्यामा बराबरी गर्ने अनुमान थियो । तर ती सबै अनुमान खेर गयो । बरु नयाँ प्रश्न खडा भयो । ३३ वर्षीय जोकोभिच नडाल र फेडेरर भन्दा धेरै पछी परेका हुन ?
आधुनिक टेनिसका लागि जोकोभिचको शैली र शारिरिक बनावट मिल्दो छ । त्यसकारण उनको करियर अरुको भन्दा लामो हुनसक्छ । तर यहाँ मुख्य प्रश्न भनेको उनी मानसिक रुपमा तयार छन छैनन् भन्ने हो । त्यसकारण उनले अस्ट्रेलियन ओपनमा कस्तो प्रदर्शन गर्छन् भनेर हेर्न म आतुर छु । ’
विश्व पुरुष टेनिसमा फेडेररले थप उपाधि जित्ने सम्भावना कम हुँदै गएको छ । तर ३४ वर्षीय नडाल फ्रेन्च ओपनको सफलतापछि झन बलियो देखिएका छन् । यसैबीच फेडेररसँग ग्रान्डस्लाम उपाधि संख्यामा बराबरी गरेपछि नडाललाई कस्तो अनुभुति भयो त ? ‘म उत्साहित छु । हामी लामो समयदेखि यो खेलमा प्रतिद्वन्द्वी रहिआएका छौं । अब त हाम्रो रेकर्ड पनि बराबर छ । हेरौं अब खेल्दै जाँदा भविष्यमा के हुन्छ,’ फ्रेन्च ओपनको उपाधि जितेपछि नडालले पत्रकारहरुसँग भने ।
तर जोकोभिचले नाडल र फेडेररलाई पछ्याउन भने छाड्ने छैनन् । यदि हामी सन् २००९ तिर फर्किने हो भने जोकोभिचको नाममा मूख्य उपाधि एउटा मात्र थियो । त्यतिबेला फेडेररले १५ उपाधि जितिसकेका थिए भने नाडलले छ वटा । तर त्यसपश्चात जोकोभिचले नडाल र फेडेररलाई बलियो चुनौती दिँदै सबैभन्दा धेरै ग्रान्डस्लाम जिते ।
सात पटकका ग्रान्डस्लाम बिजेता माट्स विलन्डर जोकोभिचसँग अझै पनि ग्रान्डस्लाम उपाधि थप्ने क्षमता रहेको मान्छन् । तर टेनिसको सर्वकालिन महान खेलाडी बन्ने सम्भावना भने नडाल कै बलियो रहेको उनको भनाई छ । ‘फ्रेन्च ओपनको फाइनल खेल हेरिसकेपछि नाडलको सर्वकालिन महान खेलाडी बन्ने सपना थप बलियो हुँदै गएको अनुभुती हुन्छ । हो युएस ओपनबाट बाहिरनु र फ्रेन्च ओपनमा पराजित हुनुले पक्कै पनि जोकोभिचलाई गहिरो चोट पुर्याए कै छ,’ विलन्डरले भने, ‘तर उनीसँग अझै पनि मौका छ । अस्ट्रेलियन ओपनमा उनको दाबेदारिता बलियो नै हुनेछ । र यदी उनले अर्को वर्ष तीन ग्रान्डस्लाम उपाधि आफ्ना नाममा थपे भने उनी सर्वकालिन महान खेलाडी बन्ने बाटो मै हुनेछन । ’
‘आधुनिक टेनिसका लागि जोकोभिचको शैली र शारिरीक बनावट मिल्दो छ । त्यसकारण उनको करियर अरुको भन्दा लामो हुनसक्छ । तर यहाँ मुख्य प्रश्न भनेको उनी मानसिक रुपमा तयार छन/छैनन् भन्ने हो । त्यसकारण उनले अस्ट्रेलियन ओपनमा कस्तो प्रदर्शन गर्छन् भनेर हेर्न म आतुर छु,’ विलन्डरले भने ।
यसपटक चेल्सीले आफूले जुन खेलाडीमा आँखा लगायो त्यही खेलाडी अनुबन्धन गर्न सफल रह्यो । सायद अब्रामोभिचले भनेको हुनुपर्छ 'यसपटक हामी दोस्रो रोजाईका खेलाडीहरुमा चित्त बुझाउने छैनौं ।' त्यसो त चेल्सीले खेलाडी खरिदमा सदा जस्तो अन्य प्रतिद्वन्द्वी क्लबबाट प्रतिस्पर्धाको सामना गर्नुपरेन ।
रियललाई यसपटक खेलाडी बेच्नैपर्ने दवाब थियो । फूटबलको खेलाडी बजारमा एउटा क्लबको बाध्यताको फाइदा अर्को क्लबले उठाउने नै हो । रियलको बाध्यतालाई टोटनह्याम र इन्टर मिलानले उपयोग गरे । मेस्सीले आगामी ‘समर ट्रान्सफर विन्डो’ मा बार्सिलोना छाड्न आउँदो जनवरीमै अर्को क्लबसँग सम्झौता गर्न सक्नेछन् । म्यानचेस्टर र पेरिसमा रहेका क्लबहरुले मेस्सीको बार्सिलोनासँगको सम्बन्धलाई नजिकबाट नियालिरहेका छन् । तर मेस्सीको नयाँ कथा त्यति सजिलै कोरिने वाला छैन । (रोयटर्स)

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपीएलको फाइनलमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

प्रतिक्रिया