मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको मृत्यु

काठमाडौं- मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकी टोलस्थित राप्ती खोलामा डुबेर सोही उपमहानगरपालिका–५ लट्रीनाथ बस्ने १५ वर्षीय समर लामाको बुधबार मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ अर्जि मझुवापुर बस्ने जितेन्द्र सिपलियाको ७ वर्षीय छोरा देविल सिपलियाको घर नजिकैको पोखरीमा डुबेर बुधबार मृत्यु भएको छ ।
घटनाहरुको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया