सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमा भिड्ने

काठमाडौँ- साविक प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले काराबाओ कपको तेस्रो चरणमा गत सिजनको उपविजेता चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ । सिटीले घरेलु इतिहाद रंगशालामा चेल्सीलाई निम्त्याउने छ ।
यसैगरी नटिङ्घम फरेस्टले टोटनहम तथा म्यानचेस्टर युनाइटेडले काराबाओ कपको तेस्रो चरणमा एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछन् ।
साविक विजेता लिभरपुलले लिग वानको टोली डर्बी काउन्टीसँग खेल्दा लिग टु का न्युपोर्ट काउन्टी र जिलिंगहम ले क्रमस: लेस्टर सिटी र ब्रेन्टफोर्डको भ्रमण गर्नेछन् ।
प्रिमियर लिगको शीर्ष टोली आर्सनलले ब्राइटनको सामना गर्दा उल्भ्सले लिड्सलाई निम्त्याउनेछ । न्युक्यासलले क्रिस्टल प्यालेस तथा बर्नमाउथले एभर्टनसँग खेल्नेछन् ।
काराबाओ कपको तेस्रो चरणका खेलहरु नोभेम्बर ८ र १० मा हुनेछन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया