चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाए

तनहुँ : तनहुँका विभिन्न भागमा चितुवाको त्रास छ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँका दश बालबालिकाले ज्यान गुमाएका छन् ।
तनहुँको व्यास नगरपालिका-५ शेरा सामुदायिक वनबाट सोमबार चितुवा नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिएको हो ।
कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए । महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । अन्दाजी ३५/४० केजी रहेको उक्त चितुवा वृद्धावस्थाको छ । रासस

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसो खेती
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

प्रतिक्रिया