दुई नेपाली क्रिकेटर आज राति केन्या पुग्दै, सिरिज समयमै हुने

काठमाडौँ- नेपाल र घरेलु टोली केन्याबीचको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज समयमै हुने भएको छ । सोमपाल कामी र विवेक यादव बुधबार केन्याका लागि प्रस्थान गर्नुका साथै उनीहरु बुधबार राति नै केन्या पुग्ने भएपछि सिरिज तोकिएकै समयमा हुने भएको छ ।
टी-ट्वान्टी सिरिजको पहिलो खेल बिहीबार हुने तालिका रहेको छ । तर भिसाका कारण पाँच खेलाडीसहित सात जना केन्या उड्न नपाएपछि नेपाल र केन्याबीचको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज समयमै नहुने आशंका उत्पन्न भएको थियो ।
तर नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले सोमपाल र विवेक बुधबार केन्याका लागि उडेका तथा अन्य पाँच जना बुधबार रातिसम्म उड्ने सम्भावना रहेको बताउँदै उनले सिरिज समयमै हुने जनाए ।
‘सोमपाल र विवेक उडिसके तथा उनीहरु बुधबार राति नै त्यहाँ पुग्नेछन् । त्यसैगरी अन्य पाँच जना पनि बुधबार राति नै त्यसतर्फ प्रस्थान गर्ने सम्भावना रहेको छ । केन्याको क्रिकेट बोर्डले यसका लागि प्रयास गरिरहेको छ,’ मल्लले इकागजलाई बताए ।
समयमै भिसा नआएपछि बसिर अहमद, शाहब आलम, आदिल अलाम, विवेक यादव र सोमपाल कामी भने जान पाएका थिएनन् । त्यसैगरी व्यवस्थापक सुनील महासेठ तथा भारतीय ट्रेनर अब्दुल सतार पनि भिसा नआएपछि त्यसतर्फ प्रस्थान गर्न पाएनन् ।
नेपालले केन्याबीचको अन्य चार खेल अगस्ट २६, २८, २९, ३० मा खेलिने तालिका रहेको छ । टी-ट्वान्टीपछि नेपाल र केन्याबीच सेप्टेम्बर २, ३ र ५ मा तीन खेलको एकदिवसीय सिरिज हुने तालिका रहेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_tmDjQQXYrh_jsklujjogpls2qdry0fzu7a40fsaeptqnhyajtheugwqgmk861vg4w7jfiof.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया