कतार विश्वकपः पाकिस्तानी सुरक्षाकर्मी पनि खटाइने
काठमाडौँ- कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने फिफा विश्वकपको सुरक्षाका लागि पाकिस्तानले सुरक्षाकर्मी पठाउने भएको छ ।
पाकिस्तानको संसदले फिफा विश्वकपका लागि सुरक्षाकर्मी पठाउने विषयमा तयार पारिएको मस्यौदालाई स्वीकृति प्रदान गरेको अलजजिराले जनाएको छ ।
पाकिस्तानको संचारमन्त्री मारियम औरंगजेबले मस्यौदालाई स्विकृति प्रदान गरेको बताए । तर सम्झौता कहिले हुने तथा कति संख्यामा सुरक्षाकर्मी खटाइने भन्ने सुनिश्चित भने भएको छैन ।
गत जुलाईमा टुर्कियेले विश्वकपको सुरक्षाका लागि ३ हजार २ सय ५० सुरक्षाकर्मी पठाउने जनाएको थियो । त्यसैगरी, नेटो तथा दक्षिण कोरियाले पनि सुरक्षाकर्मी पठाउने जनाएका छन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया