बुधबार ठमेलको 'एलओडी' मा कोभिडविरुद्धको खोप लगाइने

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको सहकार्य र 'एलओडी' क्लब संयुक्त आयोजनामा एक दिने कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
बुधबार २ देखि ६ बजेसम्म खोप अभियान सञ्चालन हुने भएको हो । 'लर्ड अफ द' ड्रिङ्क्सको प्राङ्गणमा खोप अभियान कार्यक्रम सञ्चालन हुनेछ । पहिलो पटक खोप लगाउनेले साथमा नागरिकता र दोस्रो पटक लगाउन जानेले खोप कार्ड अनिवार्य लानुपर्ने छ ।
साथै हालसम्म कोभिडविरुद्धको खोप नलगाएकालाई क्लबले खोप लगाउन पनि आग्रह गरेको छ । क्लबले 'सामाजिक काममा हाम्रो प्रतिबद्धता' सहित एक दिनको खोप अभियान चलाएको हो । व्यवसायप्रति प्रतिबद्ध रहँदै सामाजिक काममा दायित्व रहेको क्लबले प्रस्ट पारेको छ ।
क्लबले सबैलाई स्वस्थ्य राख्नुपर्ने दायित्व रहेकाले पनि खोप अभियान सञ्चालन गरेको हो । ठमेल क्षेत्रमा काम गर्ने खोप नलगाएका सबै नागरिकलाई खोप लगाउन क्लबले अपिल गरेको छ ।
कोभिडविरुद्धको खोप लगाइ सुरक्षित रहँदै पर्यटकीय गतिविधि बढाउनु मुख्य उद्देश्य रहेको छ । ठमेलको विभिन्न व्यवसायिक क्षेत्रमा काम गर्ने कर्मचारीलाई पनि खोप लगाउन अनुरोध गरेको छ ।
कोभिड महामारीपछि पर्यटन क्षेत्र बिस्तारै चलायमान हुँदै गएको अवस्थामा खोपले सुरक्षित रहन थप सहयोग पुग्ने उनीहरूले विश्वास गरेका छन् ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया