पेस्तोलसहित रञ्जित पक्राउ

सप्तरी - सप्तरीबाट आज पेस्तोल बरामद भएको छ । सप्तरीको राजगढ गाउँपालिका–२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल ६ नं गण हेड क्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।
यस्तै जेठ ५ गते सप्तरीको हनुमाननगर कंकालिनीनगरपालिका–१ भारदहस्थित कोसी नदीको किनारबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित सोही ठाउँका २६ वर्षीय रञ्जित मण्डललाई पक्राउ गरेको थियो । प्रहरीले सुरक्षाको प्रत्याभूति गर्न विशेष जाँच अभियान चलाएको छ । रासस

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया