नेपाल र केन्याबीचको सिरिज समयमै नहुने संकेत

काठमाडौँ- भिसा नआएका कारण पाँच खेलाडी केन्या जान नपाएपछि नेपाल र केन्याबीच हुने भनिएको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज समयमै नहुने सम्भावना बढेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले केन्या भ्रमणका लागि १६ सदस्यीय टिमको घोषणा गरेको थियो । टिम सोमबार नै केन्याका लागि प्रस्थान गरेको थियो तर १६ मध्ये केवल ११ खेलाडीमात्र केन्याका लागि उडे ।
भिसा नआएपछि बसिर अहमद, शाहब आलम, आदिल अलाम, विवेक यादव र सोमपाल कामी भने जान पाएनन् । व्यवस्थापक सुनील महासेठ तथा भारतीय ट्रेनर अब्दुल सतार पनि भिसा नआएपछि त्यसतर्फ जान पाएनन् ।
नेपालले केन्याबीचको पाँचमध्येको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल अगस्ट २५ अर्थात बिहीबार हुने तालिका रहेको छ । त्यसैगरी अन्य चार खेल अगस्ट २६, २८, २९, ३० मा खेलिने तालिका रहेको छ । टी-ट्वान्टीपछि नेपाल र केन्याबीच सेप्टेम्बर २, ३ र ५ मा तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।
तर पूरै टिम केन्या नपुगेपछि सिरिज समयमै नहुने संकेत देखिएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पूरै टिम नपुगेसम्म सिरिजका खेल नहुने इकागजलाई बताए । ‘जबसम्म पूरै टिम केन्या नपुगेसम्म खेल हुँदैन,’ मल्लले भने ।
मल्लका अनुसार भिसाका लागि प्रयास भइरहेको तथा भिसा आउने बित्तिकै उनीहरूलाई केन्या पठाइनेछ ।
तर, भिसा प्राप्त गरेका ११ खेलाडी, टेक्निकल एनालिस्ट रमन सिवाकोटी, फिजियो विक्रम न्यौपाने तथा मुख्य प्रशिक्षक मनोज प्रभाकर भने सोमबार नै केन्या प्रस्थान गरेका हुन् ।
नेपाली टिमः
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_an0SKCUw96_hndlflweyrrzrpswcx44b7hla4w5vff8bcppg6ummzwynxqvwtzpt09cnqby.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया