हेर्नुहोस् जेम्स वेब टेलिस्कोपले खिचेको बृहस्पति ग्रहको सुन्दर तस्बिर

काठमाडौंँ– विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली अन्तरिक्ष सम्बन्धी टेलिस्कोप जेम्स वेब टेलिस्कोप (जेडब्ल्यूएसटी)ले बृहस्पति ग्रहको अभूतपूर्व तस्बिर सार्वजनिक गरेको छ । उक्त टेलिस्कोपले जुलाई महिनामा सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह ‘बृहस्पति’को तस्बिरहरु खिचेको हो ।
तस्बिरमा ग्रहको दुवै ध्रुवका उच्च भागमाथिका आकाशमा सूर्यका किरण देखिने रङ्गिन प्रकाश अर्थात् अरोराहरू, विशाल आँधीहरू, चन्द्रमाहरू र बृहस्पति वरपरको घेरा विस्तृत रूपमा देखिएको छ ।
उक्त तस्बिरहरूलाई खगोल शास्त्रीहरूले अद्भुत बताएका छन् । ग्रहहरूका विशेषताबारे अध्ययन गर्ने खगोलशास्त्री इम्के डे पाटेरले बृहस्पतिलाई यस्तो कहिल्यै नदेखेको र यो सबै निकै अद्भुत रहेको बताएकी छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाकी वैज्ञानिक पाटेरले उक्त कामका लागि मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।
उनले थपिन्, ‘साँच्चै भन्नुपर्दा यो यति गज्जब होला भन्ने हामीले ठानेका थिएनौँ ।’ जेडब्ल्यूएसटी १० अर्ब अमेरिकी डलर खर्चेर अमेरिकी अन्तरिक्ष संस्था नासाको नेतृत्व विकास गरिएको अन्तर्राष्ट्रिय सहकार्यको काम हो । युरोपेली र क्यानाडेली अन्तरिक्ष निकायले समेत उक्त काममा साझेदारी भूमिका निर्वाह गरेका छन् ।

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

प्रतिक्रिया