पोखरा विन्ध्यवासिनी मन्दिरको दानपेटिका चोर्ने पक्राउ

पोखरा- पोखराको विन्ध्यवासिनी मन्दिरको दानपेटिका चोरी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा २५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मी दोर्जे रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पक्रेको हो । श्रीकृष्ण जन्माष्टमी अर्थात भदाै ३ गते राति विन्ध्यवासिनी मन्दिरको परिसरमा रहेको दानपेटिका चोरी भएको थियो ।
दोर्जेलाई दानपेटिकासहित आइतबार हेमजाबाट पक्राउ गरिएको हो । पक्राउ परेका दोर्जेलाई चोरी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया