जग्गा धनी पुर्जा वितरण गर्न गुर्भाकोटमा नापनक्सा

सुर्खेत- गुर्भाकोट नगरपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरूको नापनक्साको काम सुरू गरेको छ ।
भूमिहीन तथा सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरणका लागि उक्त नापजाँच गर्ने काम सुरू गरिएको हो । गुर्भाकोट नगरपालिका वडा नम्बर ८ स्थित खटाङ्ग क्षेत्रबाट जग्गाहरूको नापनक्सा सुरू भएको नगरपालिकाले जनाएको छ ।
सोमबारदेखि जग्गाको नापजाँच गर्ने काम सुरू गरिएको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए । ‘नगरपालिकाको वडा नम्वर आठबाट जग्गाको नापजाँच गर्ने काम सुरुवात गरेका छौं,’ पुनले भने, ‘अब अन्य सबै वडाहरूमा कार्यक्रम विस्तार गर्ने तयारी गरेका छौं ।’
नगरप्रमुख पुनले राष्ट्रिय भूमि आयोग सुर्खेत र गुर्भाकोट नगरपालिकाको समन्वयमा जग्गाको नापनक्सा सुरू भएकोमा खुसी व्यक्त गरे । पुनले सबैको साथ र सहयोग भएमा आगामी ६ महिनाभित्र गुर्भाकोट नगरभित्रका १४ वटै वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरण गरिने बताए । त्यसैगरी जग्गा धनी वितरणको लागि भूमि आयोग, मालपोत तथा नापीसँग समन्वय गरेर अघि बढेको उनले जिकिर गरे ।
नगर उपप्रमुख मैना बिकले पनि गुर्भाकोट नगरपालिकाले राष्ट्रिय भूमि आयोग सुर्खेतसँग समन्वय गरेर काम सुरू गर्न सफल भएको र अब थप नापी सम्बन्धीको कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिन् । उनले केही समयअघि कोटमाझ खर्कमा सेतो लालपुर्जा वितरण गरिसकेको बताइन् । उनले जग्गा धनी पुर्जा पाउन कुनै संवैधानिक तत्वले नरोक्ने जिकिर गरिन् । बिकले छिटोभन्दा छिटो जग्गा धनी पुर्जा वितरण गर्न नगरपालिकाले पहल गर्ने जानकारी दिइन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले यसअघि चैत २५ मा साबिक कोटमाझ खर्कमा सेतो पुर्जा वितरण गरेको बताए । पौडेलले सरोकारवाला निकायसँग समन्वय गरेर काम अगाडि बढाउने उल्लेख गरे ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया