न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्ने सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य रहेको आदेश दिएको छ । सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीको संविधानअनुसार योग्यता पुग्ने आदेश दिएको हो।
'सुवेदीले न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिको पदमा १२ वर्ष बढी अवधिको अनुभव हासिल गरेकोले योग्यता पुगेको देखिँएको हुँदा उत्प्रेषणको आदेश बदर गरीपाऊँ भन्ने निवेदन उपर जिकीर पुग्दैन' आदेशमा भनिएको छ, प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।
संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सहसचिव स्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपपर्छ ।
२८ फागुनमा न्याय परिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । तर सुवेदीको योग्यता नपुगेको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया