टी-ट्वान्टी सिरिज : नेपालविरुद्ध खेल्ने केन्याका ६ खेलाडी विश्वकप खेलेका, अरु कस्ता ?

काठमाडौँ- नेपालविरुद्ध पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि घरेलु टोली केन्याले १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ । केन्याको टिममा एकदिवसीय विश्वकप खेलेका ६ खेलाडी छन् । टी-ट्वान्टी सिरिज अगस्ट २५ देखि ३० सम्म केन्यामा हुँदैछ ।
नेपालविरुद्धको सिरिजका लागि केन्याले टिममा कप्तान शेम नगोचे, विकेटकिपर इरफान करिम, अलेक्स ओबान्डा, सुखदिप सिंह, राकेप पटेल, कोलिन्स ओबुया, साची बुधिया, नेल्सन ओधियाम्बो, इमानुएल बुन्डी, इयुगेन ओचिएङ, भिराज पटेल, एलिजाह ओटिएनो, लुकास ओलुओच र नेहेमियाह ओधियाम्बोलाई स्थान दिएको क्रिकफिटले जनाएको छ ।
कस्ता छन् केन्याका खेलाडीहरू ?
कप्तान शेम नगोचे स्पिनर हुन् । उनले केन्याका लागि ४१ टी-ट्वान्टी खेल्दै ४९ विकेट हात पार्दा १४ एकदिवसीय खेल्दा १२ विकेट लिएका छन् । ३३ वर्षीय शेमले केन्याका लागि सन् २०११ मा भारत, बंगलादेश र श्रीलंकामा आयोजना भएको एकदिवसीय विश्वकपसमेत खेलेका थिए ।
राकेप पटेल विकेटकिपर ब्याट्सम्यान हुन् । सन् २०११ को विश्वकप खेलेका ३३ वर्षीय राकेपले ३६ टी-ट्वान्टी खेलमा ६ सय ७२ रन तथा ३९ एक दिवसीयमा ६ सय २१ रन जोडेका छन् । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा उनले सर्वाधिक अविजित ६२ रन बनाएका छन् ।
कोलिन्स ओबुया अलराउन्डर हुन् । सन् २०११ को विश्वकप खेलेका कोलिन्सले ४१ टी-ट्वान्टी खेल्दै ८ सय २८ रन जोडेका छन् । ४१ वर्षीय उनले १ सय ४ एकदिवसीय खेल्दै २ हजार ४४ रन बनाएका छन् । टी-ट्वान्टीमा अविजित ७५ तथा एक दिवसीयमा अविजित ९८ रन जोडेका कोलिन्सले शतक भने पुरा गर्न सकेका छैनन् ।
नेहेमियाह ओधियाम्बो फास्टबलर हुन् । सन् २०११ को विश्वकप खेलेका ३९ वर्षीय नेहेमियाले ३५ टी-ट्वान्टीमा २६ विकेट तथा ६९ एक दिवसीयमा खेलमा ७० विकेट हात पारेका छन् । उनले टी-ट्वान्टीमा एकै खेलमा सर्वाधिक २० रन खर्चिएर ५ विकेट हात पारेका छन् ।
३४ वर्षीय अलेक्स ओबान्डा ब्याट्सम्यान हुन् । सन् २०११ को विश्वकप खेलेका अलेक्सले ४२ टी-ट्वान्टी खेलमा ७२४ रन बनाएका छन् । उनले सर्वाधिक १ सय ३ रन जोडेका छन् । अलेक्सले ४९ एकदिवसीय खेल्दा १ हजार ३ सय ६ रन बनाएका छन् ।
३४ वर्षीय एलिजाह ओटिएनो मध्यमगतिका बलर हुन् । सन् २०११ को विश्वकप खेलेका ओटिएनोले २५ टी-ट्वान्टी खेलमा २५ विकेट तथा २६ एकदिवसीयमा २२ विकेट हात पारेका छन् ।
३१ वर्षीय लुकास ओलुओच फास्टबलर हुन् । सन् २०११ को विश्वकपका लागि प्रारम्भिक टोलीमा परेपनि लुकास भने १५ सदस्यीय टिममा स्थान बनाउन सकेनन् । उनले १० टी-ट्वान्टी खेल्दै १० विकेट तथा २ एकदिवसीय खेलमा ५ विकेट हात पारेका छन् ।
२९ वर्षीय इरफान करिम विकेटकिपर ब्याट्सम्यान हुन् । इरफानले २९ टी-ट्वान्टी खेल्दै ५ सय ६६ रन तथा ९ एकदिवसीयमा ३ सय ९६ रन बनाएका छन् । उनले एकदिवसीयमा भने १ सय १२ रन बनाउँदै शतक पुरा गरेका छन् ।
३३ वर्षीय नेल्सन ओधियाम्बो मध्यमगतिका बलर हुन् । उनले २३ टी-ट्वान्टी खेल्दै ११ विकेट तथा ८ एकदिवसीयमा ८ विकेट हात पारेका छन् ।
२८ वर्षीय इमानुएल बुन्डी मध्यमगतिका बलर हुन् । उनले १३ टी-ट्वान्टी खेलमा १४ विकेट लिएका छन् भने केवल एउटामात्र एकदिवसीय खेल्दा विकेट हात पार्न सकेका छैनन् ।
२० वर्षीय भिराज पटेल स्पिनर हुन् । भिराजले ८ वटा टी-ट्वान्टी खेल्दै १२ विकेट हात पारेका छन् । उनको उत्कृष्ट इनिङ्स भनेको १२ रन खर्चिएर ५ विकेट लिनु हो । २१ वर्षीय सुखदिप सिंह अलराउन्डर हुन् । तर सुखदिपले ५ वटा टी-ट्वान्टी खेल्दै १७ रन मात्र जोडेका छन् ।
२९ वर्षीय इयुगेन ओचिएङ बलर हुन् । उनले ८ वटा टी-ट्वान्टी खेल्दै ४ विकेट लिएका छन् । साची बुधिया बलर हुन् तर उनले भने केवल एउटा टी-ट्वान्टी खेलेका छन् । जसमा उनले कुनै पनि विकेट नलिइ २२ रन खर्चिएका छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_an0SKCUw96_hndlflweyrrzrpswcx44b7hla4w5vff8bcppg6ummzwynxqvwtzpt09cnqby.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया