‘प्रदेश नीति तथा योजना आयोग चलाउन ऐन चाहियो’

पोखरा- पोखरामा भएको सात प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्य एवं सदस्य सचिवहरु भेलाले ११ बुँदे संयुक्त निर्णय गरेको छ । पोखरामा भएको भेलाले आफूहरुका लागि ऐन बनाउन अनुरोध गर्ने निर्णय गरेको हो ।
सातवटै प्रदेशको संयुक्त बैठकले नीति तथा योजना आयोग गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था ऐन ल्याउन प्रदेश सरकारसँग अनुरोध गरेको छ । सात प्रदेशमध्ये मधेश प्रदेशले मात्र आफ्नै ऐन बनाएर आयोग गठन गरेको छ । बाँकी ६ प्रदेशले भने गठन आदेश अनुसार आयोग गठन गरेका हुन् । संविधानले भने आयोग ऐन अनुसार नै गठन हुनुपर्ने व्यवस्था गरेको छ । तर, ऐन नबन्दा समस्या भएको बैठकमा सहभागीहरुले गुनासो गरेका थिए । आफूहरुलाई काम गर्न असहज भएका कारण ऐन बनाउन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको नीति तथा योजना आयोग, गण्डकी प्रदेशका उपाध्यक्ष डा. रघुराज काफ्लेले जानकारी दिए ।
यस्तै बैठकले आयोगलाई संस्थागत गर्ने निर्णय गरेको छ । आयोगको संरचना र जनशक्ति व्यवस्थापन नहुँदा कमजोर देखिएको डा. काफ्लेले बताए । आयोगले अनुगमन र मूल्यांकन प्रभावकारी गर्न नसकेको पनि बैठकमा छलफल गरिएको थियो । यसका लागि प्रक्रियासहितको आयोजना बैंक दिग्दर्शनलाई प्रभावकारिताका साथ कार्यान्वयन ल्याउने निर्णय पनि गरेको छ ।
बैठकमा सबै प्रदेशको समृद्धिको लागि सँगसँगै अघि बढ्ने निर्णय गरिएको छ । यस्तै, आयोगको संगठन संरचना प्रदेश सरकारले स्वीकृत गरे पनि संघीय कानुनमा समावेश नभएकाले समन्वय गर्न कठिनाइ भएको, त्यसलाई संघीय कानुनमा समावेश गर्न पहलकदमी लिन प्रदेश सरकार र राष्ट्रिय योजना आयोग मार्फत् केन्द्र सरकारलाई अनुरोध गर्ने, प्रदेश सरकारबाट स्वीकृत आयोगको संगठन संरचना र दरबन्दी तेरिज राष्ट्रिय कितावखाना निजामति संगठन संरचना तथा पद दर्ता गर्नका लागि प्रदेश सरकारसँग अनुरोध गर्ने, प्रदेश तथ्यांक ऐन तर्जुमा र जारी गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने, योजनाको पहिचान, छनोट कार्यान्वयन र अनुगमन तथा मूल्यांकनमा देखिएका समस्यालाई सम्बोधन गर्न योजना बैंकको स्थापना गर्ने, एकीकृत तथ्यांक प्रणालीको स्थापना गर्ने निर्णय बैठकले गरेको छ ।
वाग्मतीका उपाध्यक्ष कृष्णराज पन्तले प्रादेशिक ऐन, प्रहरी ऐन, निजामती ऐन, पूर्वाधार, जनशक्ति पर्याप्त नहुँदा समस्या भएको बताए । सुदूरपश्चिमका योजना आयोगका सदस्य मोहनदेव विष्टले संयुक्त बैठकको मुख्य उद्देश्य भनेको आयोगहरूको औचित्य या एकरुपता छ या छैन भनेर प्रष्ट हुनुपर्ने बताए ।
बैठकमा प्रदेश १ का उपाध्यक्ष डा. पूर्णकुमार लोक्सोम, मधेस प्रदेशका भोगेन्द्र झा, वागमतीका डा. कृष्णराज पन्त, लुम्बिनीका वामदेव क्षत्री, गण्डकीका सदस्य माया तिम्सिना, सुदूरपश्चिमका सदस्य मोहनदेव बिस्टको उपस्थिति थियो ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया