‘नबिल जेन अल्फा’को ब्राण्ड एम्बेस्डरमा प्रेन्सा रेग्मी, के हो 'जेन अल्फा'

काठमाडौँ - नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई 'नबिल जेन अल्फा'को ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरूलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो ।
अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरूले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ ।
यो प्रोडक्ट मार्फत् बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ । बैंकले रेग्मीलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरेको छ । रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् ।
पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा 'ग्लोबल चाइल्ड प्रोडजी अवार्ड २०२२' जितेकी छन् । नबिल जेन अल्फा बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।
ढुङ्गानाले भने 'प्रेन्सा एक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनीधित्व गर्ने प्रेरणादायी पात्र भएकोले हामीले उहाँलाई यो प्रोडक्टको लागि सही फिट पाएका छौं।'
यो प्रोडक्ट प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको बताउँदै ढुङ्गानाले भने, “हामीले एउटा एप विकास गरेका छौं, जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन् । यसरी बच्चाहरूले घरको काम र जीवन सीपहरू सिक्दै आफ्नो लिंक गरिएको खातामा पैसा कमाउन सक्छन् ।'
उनले यस एपले सानै उमेरबाट बालबालिकाहरूमा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने बताए । बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OjDylLi31u_2sknbyrfduwkaytmhrxwzkvwnivqblrkyyp3llhm6udnlxwwctnixv6k7qir.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया