किन नेपाली क्रिकेटर सुवासको देश क्यानाडा देखायो ?

काठमाडौँ- अस्ट्रेलियामा हुने १२ औँ संस्करणको फ्रेन्चाइज क्रिकेट बिग बास लिग (बीबीएल) को ड्राफ्टका लागि दुई नेपाली खेलाडीको नाम समावेश गरिएको छ ।
बीबीएलले सोमबार सार्वजनिक गरेको नामावली अनुसार विदेशी खेलाडीको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने तथा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलको नाम पनि समावेश गरिएको छ ।
ड्राफ्टका लागि भने सुवासको देश भने नेपाल नभइ क्यानाडा उल्लेख छ । क्यानाडाबाट सुवाससँगै दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ ।
तर सुवासले इकागजलाई बताएअनुसार ड्राफ्टमा नेपाल क्रिकेट संघ (क्यान) को छोटकरी रुप क्यानाडासँग मिल्न गएको कारण गल्तीले उनको देश क्यानाडा लेखिएको हो ।
‘आफैले नाम दर्ता गराएपनि नेपाल क्रिकेट संघको छोटकरी रुप क्यान भएका कारण गल्ती भएको हो । खेल्न त म नेपालबाटै खेल्छु क्यानाडाबाट होइन’ सुवासले इकागजसँग भने ।
डिसेम्बर १३ बाट सुरु हुने बीबीएलको १२ औँ संस्करणको ड्राफ्ट अगष्ट २८ मा हुनेछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_an0SKCUw96_hndlflweyrrzrpswcx44b7hla4w5vff8bcppg6ummzwynxqvwtzpt09cnqby.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया