लोकतान्त्रिक व्यवस्थामा आधारित समाजवाद साझा लक्ष्य हो : मुख्यमन्त्री पोखरेल

गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतान्त्रिक व्यवस्थामा आधारित समाजवाद सबैको साझा लक्ष्य भएको बताएकी छिन् । संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार गर्ने उद्देश्यले आयोजित सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्य एवं सदस्य सचिवको भेलाको आज पोखरामा उद्घाटन गर्दै उहाँले साझा लक्ष्यलाई संस्थागत गर्न प्रदेश सरकारहरूले थप मिहिनेत गर्नुपर्ने बताए ।
संविधान र कानुनले दिएका अधिकार प्रयोग गर्नसमेत केन्द्रीकृत मानसिकता अझै समस्याका रुपमा रहेको उल्लेख गर्दै उनले संविधानतः प्राप्त अधिकार पनि उपयोग गर्न नसकिएको बताए । वन र शिक्षा लगायतको अधिकारमा अझै केन्द्र उदार नरहेको बताउँदै उनले प्रहरी समायोजनदेखि निजामती कर्मचारी ऐन ल्याउनका लागिसमेत संघ सरकार नै बाधक बनेको बताए । संघ सरकारको भन्दा खर्च गर्ने क्षमता बढी प्रदेशमा रहेको बताउँदै उनले अभावका बीचमा पनि संघ सरकारले ५७ प्रतिशत खर्च गर्दा आफूहरूले ६७ प्रतिशत खर्च गर्न सकेको जिकिर गरे ।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया