शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

घाँस काट्ने क्रममा सर्पले टोकेर महिलाको मृत्यु

सांकेतिक तस्बिर

रुपन्देही- कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका-१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो ।

सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनको ज्यान गएको हो ।

सर्पको टोकाइबाट घाइते भएकी उनको उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।