चेम्बरद्वारा महिलाहरूलाई डिजिटल मार्केटिङ तालिम

काठमाडौं– नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन, प्रवर्द्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले डिजिटल मार्केटिङ तालिमको आयोजना गरेको थियो ।
करिब एकसाता चलेकोे तालिममा ३४ जना महिलाहरुले सहभागिता जनाएका थिए । कार्यक्रम समापन गर्दै चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरुलाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन्। चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आईरहेको भन्दै श्रेष्ठले आगामी दिनमा पनि निरन्तरता दिने बताएकी छन् ।
सूचना प्रविधिमा महिला नामक संस्थाकी अध्यक्ष गुण केशरी प्रधानले महिलाहरुको सशक्तीकरणका लागि नेपाल महिला चेम्बरसँग सहकार्य गर्ने गरिएको बताएकी छन् ।
चेम्बरले यस अघि फोटोग्राफी, मैनबत्ती बनाउने तथा बेकरी तालिम आयोजना गरेको छ । नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले आर्थिक रुपमा सम्पन्न नभएसम्म महिलाहरुको अधिकार सुनिश्चित नहुने बताइन् ।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_mI6dkoLXJJ_jp0vnajk8zwcv3xubmt3v6uk3l6jowptp2xjoc4kevwjjllbndvn7rb9lsip.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया