फिल्मफेयरले अवार्डमा बोलाएको भन्दै मुद्दा हाल्ने तयारीमा कंगना

मुम्बई- अभिनेत्री कंगना रनावतले फिल्मफेयर अवार्ड तथा यसको आयोजना गरिरहेको फिल्मफेयर पत्रिकालाई मुद्दा हाल्ने जनाएकी छिन् । उनले आफूले सन् २०१४ देखि सो अवार्ड बहिष्कार गर्दै आइरहेको भए पनि यो साल आफूलाई ‘थलाइवी’बाट मनोनयनमा पारेर अवार्ड दिनका लागि तारन्तार फोन गरेको भन्दै असन्तुष्टि जाहेर गरेकी हुन् । उनले इन्स्टामा आफूले सो अवार्डलाई ८ वर्षदेखि बहिष्कार गरेको जनाउँदै त्यसका बावजुद आयोजकबाट बारम्बार फोन आउँदा आफ्नो मर्यादामा आँच पुगेको उल्लेख गरेकी छिन् ।
‘मैले अनैतिक र कुसंस्कार फैलाउने यो अवार्डलाई मतलब गर्न छाडेको ८ वर्ष भइसक्यो । तर अहिले मलाई थलाइवीबाट अवार्ड दिनेभन्दा बारम्बार फोन गरिरहेका छन् । मलाई अझै मनोनयन गरेको देखेर म चकित छु,’ उनले लेखेकी छिन्, ‘यो मेरो आत्मसम्मान र नैतिकताको विरुद्धमा हो । त्यसैले मैले यो पत्रिकाविरुद्ध मुद्दा हाल्ने निर्णय गरेकी छु ।’
उनले लता मंगेशकरको निधनमा अस्कर अवार्ड तथा एम्मी अवार्डले सम्मान नदेखाएको भन्दै यी दुवै अवार्ड पनि बहिष्कार गर्नुपर्ने बताउँदै आएकी छिन् । केही दिनअघि सार्वजनिक फिल्मफेयरको मनोनयन अनुसार कंगना कृति सेनन, कियरा आडवानी आदिसँगै उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी छिन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया