'अदालतको आदेशले अनुदान रकम रोकेर सरकारले किसानहरूको बिचल्ली बनायाे'

काठमाडौँ- झापाका किसानहरूले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनासँग गरेको सम्झौता अनुसार काम गर्दै आएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशले अनुदान रकम रोकिदिएको भन्दै आपत्ती जनाएका छन् ।
अदालतले निजी फर्म र कम्पनी आयोजनाको सम्झौता अनुरुपको लक्षित वर्गभित्र नपर्ने र सोहीबमोजिम भुक्तानी रोक्का राख्नु भनी जारी भएको अन्तरिम आदेशको उनीहरूले विरोध गरेका हुन् । पीडित किसान संघर्ष समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर अदालतको आदेशले अनुदान रकम रोकेर सरकारले किसानहरूको बिचल्ली बनाएको गुनासो गरेका छन् । उनीहरूले सरकारले न्याय नदिए कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।
जनवरी २१, २०१८ मा विश्व बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुरूप आयोजनाको पूरक अनुदानग्राही भन्नाले कृषक समूह, सहकारी संस्था उत्पादक संघ र निजी फार्म र कम्पनी भनी प्रष्ट रुपमा उल्लेख गरीएको उनीहरूको भनाइ छ । पत्रकार सम्मेलनमा अगुवा किसान ध्रुव न्यौपानेले अदालतलाई केही वर्गले गुमराहमा पारेर किसानविरुद्ध फैसला गर्न बाध्य बनाएको बताए । उनले संशोधन भएका नियमावली, बुँदा केलाएर किसानका कुरा सुनेर चाडो भन्दा चाडो बहस सुरु गर्ने बताए ।
त्यस्तै पीडित किसान संघर्ष समितिका अध्यक्ष योगेन्द्र खनालले सर्वोच्च अदालतको अन्तरिम आदेश ८५ प्रतिशत किसानको हितविपरित भएको बताए । देशमा स्वाभिमान र स्वाधिनताको लडाई लडेको कोही भए ती किसान मात्रै भएको उनको भनाइ छ । आफूहरू कुनै व्यक्तिविरुद्ध नलागेको भन्दै खनालले जनताको अन्तिम आशा न्यायालयमा हुने भएपनि आफूहरूप्रति भने अदालतले अन्याय गरेको टिप्पणी गरे ।
यसैगरी, राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका संयोजक दीपक तिमिल्सिनाले किसानहरूलाई सरकारले गन्तब्यविहीन बनाएको गुनासो गरे ।

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया