त्रिनगर-गौरीफन्टा नाका हुँदै कैलाली आएका ४३ जनामा कोभिड संक्रमण

धनगढी : त्रिनगर–गौरीफन्टा नाका हुँदै आज कैलाली भित्रिएका ४३ जनामा कोरोना संक्रमण देखिएको छ । सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ४३ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्पडेस्कले जनाएको छ ।
हेल्थडेस्कका इञ्चार्ज दिनेश ठकुल्लाकाअनुसार समाचार तयार पारुन्जेलसम्म ६ सय ८ जना नेपाली स्वेदश फर्किएका छन् । ‘सीमानाकामा ६ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो,’ ठकुल्लाले भने, ‘दैनिक एक हजार नेपाली अहिले त्रिनगर नाका भएर स्वदेश फर्किरहेका छन् । आइतबार मात्रै ५४ जनामा एन्टिजेन परीक्षणमा कोरोना देखिएको थियो ।’
एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूलाई धनगढी उप–महानगरपालिकाले वडा नम्वर १५ को कनरीमा बनाएको आइसोलेसनमा राख्दै आएको ठकुल्लाले जानकारी दिए । उक्त आइसोलेसन भरीभराउ भएपछि धनगढीको कवर्डहलमा राख्ने तयारी भएको उप–महानगरपालिकाले जनाएको छ ।
भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमानाकामा स्वदेश फर्किनेको लर्को छ । पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टा स्वदेश फर्किनेको भीड बढेको हो । अहिलेसम्म भारतबाट फर्किरहेकाहरुमा कोरोना परीक्षण गर्दा ५ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । दुवै नाकामा आइतबारसम्म १० हजार जनाको परीक्षण गरिएकामा चार सय ५० जनामा कोरोना पुष्टि भएको थियो ।

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया