न्यूनतम पारिश्रमिक माग्दै सामुदायिक विद्यालयका कर्मचारी धर्नामा

काठमाडौँ- सामुदायिक विद्यालयका कर्मचारीहरूले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै आइतबार काठमाडौँमा धर्ना दिएका छन् ।
केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध नगराएको भन्दै उनीहरूले काठमाडौँको माइतीघरमा धर्ना दिएका हुन् । चालू आर्थिक बजेटमा प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने उल्लेख रहेको र त्यसका लागि सरकारले मासिक पारिश्रमिक ८ हजार रुपैयाँ उपलब्ध गराउने तथा न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने व्यवस्था गरिएको छ ।
तर, स्थानीय तहहरूले आफूहरूलाई कुनै रकम उपलब्ध नगराएको भन्दै आन्दोलन गर्नु परेको उनीहरूको भनाइ छ । धर्नाबाट पनि आफूहरूको माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया