मलद्वारबाट एक किलो सुन निस्किएपछि…

काठमाडौं । अवैध रूपमा ल्याएको करिब एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नागरिक राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तु देखिएको थियो । त्यसपछि उनलाई प्रहरी वृत्त गौशालामा लगि शौच गराउने क्रममा मलद्वारबाट अर्धठोस वस्तुको ४ वटा पोका (सुन) फेला परेपछि पक्राउ गरिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया