१७२ किलाे गाँजासहित एक जना पक्राउ

काठमाडौँ- प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । भारत उत्तर प्रदेशका लालविहारी यादवले चलाएकाे ट्यांकरमा एक सय ७२ किलोग्राम गाँजा ओसारपसार गर्दै गरेको अवस्थामा वीरगन्ज प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले वडा नं.२१ परवानीपुर सडकखण्डमा भारतीय नं.प्लेट डब्लु. बि ११ ई ९०३३ को तेल ट्यांकरलाई रोकी जाँच गर्दा उक्त ट्यांकरको तेल हाल्ने ट्याङ्कीभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध गाँजा बरामद गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज नजिकैबाट शनिबार चालक र ट्यांकरलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ । साना-ठूला गरी ४६ पोका जम्मा १७२ केजी लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया