भार्डीले लेस्टर सिटीसँग गरे सम्झौता नवीकरण
काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीका स्ट्राइकर ज्यामी भार्डी सन् २०२४ सम्म लेस्टरमै रहने भएका छन् । भार्डीले लेस्टरसँग २०२४ को समरसम्मका लागि सम्झौता गरेको स्काइस्पोर्टसले जनाएको छ ।
३५ वर्षीय भार्डीको सम्झौता २०२३ मा अन्त्य हुने भएपनि उनले क्लबसँगको सम्झौता नविकरण गरेका हुन् । भार्डीले सन् २०१२ मा लेस्टर आएका थिए । लेस्टरले सन् २०१५-१६ सिजनको इंग्लिस प्रिमियर लिगको उपाध जित्दा भार्डीले २४ गोल गरेका थिए । उनले लगातार ११ खेलमा गोल समेत गरेका थिए ।
लेस्टरले सन् २०२०-२१ मा पहिलो पटक एफए कपको उपाधि जित्दा भार्डीले ४ गोल गरेका थिए । समग्रमा लिगको ३ सय ३५ खेलमा उनले १ सय ५३ गोल गरेका छन्।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया