ब्रमाण्डको सबै सत्य दिमागभित्र कैद छ भन्ने भ्रम छ प्रधानमन्त्रीलाई छ: शक्ति बस्नेत

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीमा ब्रमाण्डको सबै ज्ञान आफैमा रहेको भ्रम रहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले समस्या यहीबाट सुरु भएको बताए ।
‘उहाँ(प्रधानमन्त्री केपी शर्मा ओली) लाई एउटा भ्रम छ । यो ब्रमाण्डको सबै सत्य दिमागभित्र कैद छ भन्ने भ्रम छ प्रधानमन्त्रीलाई,’ उनले भने, ‘सत्यका स्रोतहरु धेरै छन् । बास्तविकता स्रोतहरू धेरै छन् । ब्रमाण्डको सत्य आफ्नै दिमागमा कैद छ भन्ने भ्रमबाट उहाँ जहिलेसम्म चलिरहनुहुन्छ मुलुकको नियति यस्तै भइरहन्छ ।’
उनले मुलुकको विकास जनअपेक्षाकृत रूपमा हुन नसकेको समेत बताए । ‘विकास निर्माण जनअपेक्षाअनुसार भइराखेका छैन,’ उनले भने, ‘सत्य यही हो । किन भइरहेको छैन ? यसको जिम्मेवार सरकार प्रमुख हुनुहुन्छ । उहाँ भ्रमको सिकार हुनु भएको छ । समस्या यहीँबाट सुरु भएको छ । सबै भइराखेको छैन ।’

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस् : गृहमन्त्री लेखक

प्रतिक्रिया