समस्या समाधान गर्न सहमतिको सरकार बनाउनुपर्छ : प्रदीप गिरि

काठमाडौँ : सांसद प्रदीप गिरिले अब सहमतिको सरकार बनाउनु पर्ने बताएका छन् । संसद्को विशेष समयमा बोल्दै कांग्रेस सांसद विद्वान नेता प्रदीप गिरिले मुलुकमा अहिले देखिएको राजनीतिक अन्यौलतालाई चिर्न सहमतिको सरकार निर्माण गर्नु आवश्यक रहेको बताए ।
‘मुलुकमा देखिएको अन्योलचा चिर्न राष्ट्रिय सहमतिको आवश्यक छ । अहिले प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, महन्थ ठाकुर, प्रचण्ड, वर्तमान प्रधानमन्त्री लागेको आएका छन्,’ गिरिले भने, ‘यसरी समस्याको समाधान हुँदैन । राष्ट्रिय सहमतिले मात्रै समस्याको समाधान हुने बताउ ।’
निर्वाचन पनि सहमतिको सरकारले र सबैको सहमतिमा गर्नु पर्ने गिरिले बताए । सहमतिमा निर्वाचन नभएमा २०४७ सालमा पछिको राजनीतिक अवस्थाजस्तै हुने गिरिले बताए ।
प्रधानमन्त्रीले गलत काम गर्न ‘इनफ इज इनफ’ गरिसकेको आरोप लगाए । गिरिले इङ्ल्याण्डको उदाहरण दिंदै नगर्नु पर्ने काम गर्न प्रधानमन्त्रीले ध्यान दिएको बताए । प्रधानमन्त्रीले काम नगरेर गफ दिएर जनता अल्मल्याउन लागि परेको बताए । प्रधानमन्त्रीलाई व्यङ्य गर्दै ओलीले भने, ‘भाषण गर्न त एसियामा मोदीले जित्लान्, अरुले त हाम्रा प्रधानमन्त्रीलाई जित्न सक्दैनन् ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया