भुटियाले दिए एआईएफएफको अध्यक्ष पदका लागि उम्मेदवारी

काठमाडौँ- भारतीय पूर्व फुटबलर भाइचुङ भुटियाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) को अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । अन्तिम दिन शुक्रबारसम्म एआईएफएफको अध्यक्ष पदमा भुटियासँगै १० जनाले उम्मेदवारी दर्ता गराएको खेलनाउले जनाएको छ ।
सन् १९९५ देखि २०११ सम्म भारतीय टिमका लागि ८० खेल खेलेका भुटियालाई पूर्व फुटबल खेलाडी दिपक मन्डलले समर्थन गरेका हुन् । भुटियाले ख्यातिप्राप्त खेलाडीको रुपमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
भारतका लागि २६ गोल गरेका भुटिया यसअघि त्रिनामुल कंग्रेसबाट टिकट पाएर दार्जिलिङका लागि आम निर्वाचनमा भाग लिएका थिए । भुटियाको आफ्नै हार्मो सिक्किम पार्टी समेत रहेको छ ।
तर फिफाले भने खेलाडीलाई एआईएफएफको निर्वाचनमा सामेल नगराउन चेतावनी समेत दिएको छ । त्यसका साथै फिफाले गत हप्ता एआईएफएफमाथि प्रतिबन्ध समेत लगाएको छ ।
फिफाको प्रतिबन्धकाबीच भारतको सर्वोच्च अदालतले भने एआईएफएफलाई अगस्ट २८ मा निर्वाचन गर्न खुल्ला गरेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया