वीपी प्रतिष्ठानमा डा. खानको संयोजकत्वमा 'शिक्षक कल्याण समाज' तदर्थ समिति गठन

काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान डा. सेराज अहम्मद खानको संयोजकत्वमा 'शिक्षक कल्याण समाज' तदर्थ समिति गठन भएको छ ।
सह-संयोजक डा. प्रभात रंजन पोखरेल र वसन्तकुमार कर्ण, सचिव डा. दिपक पौडेल, सह-सचिव डा. राजेश ज्ञवाली र कोषाध्यक्षमा डा. कुमुद चापागाई छन् ।
त्यस्तै सदस्यहरू डा. अमित विक्रम शाह, डा. अमेरन्द्र झा, डा. सुरज नेपाल, डा. प्रदीप आचार्य र रम्भा सिग्देल रहेका छन् ।
प्रतिष्ठानमा आधिकारीक समाज तीन वटा रहने भएता पनि साझा शिक्षक कल्याण समाज गठन भएको हो । यसअघि समाज गठन भएको थिएन ।
साझा समाज गठन नहुँदा प्रतिष्ठानका शिक्षकका मुद्दा र दीर्घकालीन हितका मुद्दालाई वैधानिक एवं सामूहिक रूपमा उठान गर्न नसकिएको समाजले जनाएको छ । आम शिक्षकको वृत्ति विकास र प्रतिष्ठानको दीर्घकालीन हितमा गम्भीर असर पुगेको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया