जन माविले भन्यो ‘अख्तियार र सञ्चारमाध्यमको लगाएको आक्षेप निराधार’

सुर्खेत - वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतको बीच बजारमा अवस्थित जन नमूना माविले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र सञ्चारमाध्यमले लगाएको आक्षेप निराधार भएको बताएको छ ।
जन नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला, शिक्षक अभिभावक संघका अध्यक्ष विमल नेपाली र प्रधानाध्यापक यामबहादुर श्रेष्ठद्वारा आज संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्ति सार्वजनिक गरी आयोग र समाचार माध्यमले लगाएको आरोपबारे ध्यानाकर्षण भएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, `अख्तियारले बुधबार दिउँसो १ः०० बजे विद्यालयमा छापा मारी कर्मचारीलाई नियन्त्रणमा लिई पक्राउ गरेको र उनीहरूबाट बिना रसिद दुई लाख ७६ हजार ६ सय ९० लिएको भनी विभिन्न समाचारमाध्यममा भ्रामक समाचार प्रसारण तथा प्रकाशन गरेकामा विद्यालयको ध्यानाकर्षण भएको छ । वास्तविकता नबुझी विद्यालयमाथि लगाइएको आक्षेप निराधार र कपोकल्पित भएको कुरा जानकारी गराउँदछौँ ।`
उक्त विद्यालयले सम्मानित अदालतको अपहेलना नगरेको बरु आदेश बमोजिम अभिभावकहरूको गत जेठ २ गते बसेको भेलाबाट स्वेच्छिक रूपमा दान, चन्दा लिएर विद्यालयकै पठनपाठनमा संलग्न निजी स्रोतबाट नियुक्त जनशक्तिलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने भने पनि राज्यले हालसम्म थप मानव स्रोत र भौतिक विकासको व्यवस्थापन नगर्दा दान चन्दा लिएरै बाध्यात्मक अवस्थामा विद्यालय सञ्चालन गर्नुपरेको विद्यालयले जनाएको छ ।
बुधबार आयोगले नियन्त्रणमा लिएको दुई लाख ७६ हजार ६ सय ९० मध्ये ९३ हजार पाँच सय एसइई ग्रेडवृद्धि परीक्षा आवेदन फारम, १० हजार नौ सय पेटी क्यास, बालबालिकाको खाजाको भुक्तानी गर्न बाँकी २२ हजार सात सय ९० र एक लाख ४९ हजार पाँच सय अभिभावकको चन्दा, दानबाट संकलन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया